स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस

लोकपथ
112
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो राजनीतिक प्रतिदेवन पेस गरेका छन् ।

शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि तयार गरेको प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको छ । सम्मेलनले पार्टीलाई क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेको छ ।

प्रवक्ता महराका अनुसार अध्यक्ष प्रचण्ड पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले बैठक केहीबेरको लागि स्थगित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?