सुर्खेतकोमा आफ्नै दाजुले गरे भाइको हत्या

सुर्खेत–सुर्खेत चौकुने गाउँपालिकाका एक युवकले आफ्नै भाईको हत्या गरेका छन् ।

यहि जेठ १९ गते चौकुने गाउपालिका वडा नं १० घाटगाउँका चक्रबहादुर राजिले मदीरा सेवन गरि आफ्नो घरमा घरायसी विबाद गर्दा भाई खगेन्द्र राजीलाई कुटपिट गरि घाईते बनाएका थिए ।

कुटपिट पछि घाइते भएका खगेन्द्र राजीलाई उपचार गर्न कैलाली लैजाने क्रममा सोमबार बाटोमा मृत्युु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरिक्षक शुसोभन श्रेष्ठले जानकारी दिए ।

घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलिले हत्या गर्ने दाजुलाई नियन्त्रण मा लिएको छ  भने मृतकलाई पोस्टमका लागि टिकापुर लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?