१ भाद्र २०७९, बुधबार

थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले हरायाे

२०७५,जेष्ठ,२१,सोमवार १४:५४

0
Shares

नुवाकोट- स्थानीय बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई दवावमा राख्दै पहिलो हाफमै २–० ले अग्रता लिएको थियो । पहिलो हाफको १२ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गरी टोलीलाई अग्रता दिएका थिए । अठ्ठाइस मिनेटमा अजे मार्टिनले थ्रीस्टारलाई २–०ले अग्रता दिएका थिए । सतहत्तर मिनेटमा मदन भण्डारीका सोर्जन राईले गोल फर्काउँदै थ्रीस्टारसँगको गोलअन्तर कम गराउन सफल भए । दोस्रो हाफमा मैदानमा मदन भण्डारीका खेलाडी हावी भए पनि गोल फर्काउन २२ मिनेट लाग्यो ।
एकासीऔँ मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकलाई अनन्त तामाङले गोलमा परिणत गर्न सफल भएपछि थ्री स्टार ३–१ अगाडि भएको थियो । सहकर्मीको फ्रि किकमा किपरको हातबाट चिप्लिएको बल तामाङले पोष्टमा छिराउन सफल भएका थिए ।
प्रतियोगितामा ९०+३ मिनेटको अतिरिक्त समयमा मदन भण्डारीले पाएको पेनाल्टीलाई म्यावेल एलोनले गोलमा परिणत गरेपछि खेल ३–२ मा आएको थियो । दर्शकले मदन भण्डारीलाई समर्थन गरे पनि मदन भण्डारी पराजित भएको छ । पहिलो हाफमा स्थ्रीस्टार हावी भएको थियो भने दोस्रो हाफमा मदन भण्डारी हावी भएको थियो ।
जिल्ला खेलकुद विकास समिति र नुवाकोट एन्फाको आयोजनामा सञ्चालन भएको प्रतियोगिता जिल्लाको अहिलेसम्मको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । प्रतियोगितामा विजेताले रु ५ लाख र उपविजेताले रु ३ लाख पाउने छन् । दश टोली सहभागी रहेको प्रतियोगितामा चितवन ११, काठमाडाँै ११, फ्रेण्ड्स क्लब, एपिएफ, मदन भण्डारी घर फर्किसकेका छन् । मङ्गलबार नेपाल पुलिस क्लब र रुपन्देही ११ बीच खेल हुनेछ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार १४:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठकमा सिट बाँडफाँटबारे छलफल हुँदै, चौथोपटक बसेको बैठकमा सिट संख्या र मापदण्ड सहमतिमै टुंग्याउने

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५