कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने

लोकपथ
42
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र दिइने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कार्यक्रम शनिबार विहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?