७ माघ २०७८, शुक्रवार

नेपालगञ्ज–दिल्ली उडान गर्दै बुद्ध एयर

२०७५,जेष्ठ,२१,सोमवार १४:४८

0
Shares

नेपालगञ्ज– बुद्ध एयरले नेपालगञ्जदेखि भारतको नयाँ दिल्लीका लागि अन्तर्राष्ट्रिय उडानको तयारी थालेको छ ।

त्यसका लागि बुद्ध एयरले नेपाल सरकारलाई भारतसँग आवश्यक नीतिगत तहमा र प्राविधिक प्रक्रियाका विषयमा छलफल अघि बढाउन आग्रह गरेको छ । उडान तयारीका सम्बन्धमा आज बुद्ध एयरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालगञ्ज–दिल्लीका लागि दैनिक तीन उडान गर्न सकिने जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले नेपालगञ्ज–दिल्ली उडानका लागि सरकारलाई गत सोमबार निवेदन दिइएको बताए । उनका अनुसार, बुद्ध एयरले बिहान ७ बजे, अपराह्न १ बजे र साँझ ७ बजे गरी दैनिक तीन उडान गर्ने तयारी गरेको छ । दैनिक २०० यात्रुले उडान भर्ने पनि प्रबन्ध निर्देशक बस्नेतले बताए ।

नेपालगञ्ज–दिल्ली उडानका लागि नेपालगञ्जको राँझा विमानस्थलको अहिलेको टर्मिनललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने, सुरक्षा संरचना थप गरिनुपर्ने र अध्यागमनको व्यवस्था गरिनुपर्ने बताइएको छ । यी सबै काम सक्न करीब आठ महिना लाग्न सक्ने बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार १४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एनआईसी एसिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार दोस्रो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्राे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि

ताजा समाचार