कांग्रेस नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम नलिएको बताएका छन् । सहकर्मीहरुले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि आफू चुनावी प्रतिस्पर्धामा सहभागी मात्रै नभएको उनको भनाइ छ ।
‘मेरा साथीहरुले रामचन्द्रजी अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग हुने निर्णयमा पुगेँ र त्यस निर्णयप्रति इमान्दर रहन मतदानबाटै अलग रहेँ’, पौडेलले बिहीबार महाधिवेशनबाट निर्वाचित सभापतिसहित केन्द्रीय कमिटी सदस्यलाई बधाई दिँदै पौडेलले भने ।
उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रे भएको उनको भनाइ छ ।
उनले आफ्नो राजनीतिक यात्रा जारी रहने भन्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको मिसनबाट बिचलित नहुने स्पष्ट गरेका छन् ।
उनले पार्टीका सबैलाई समेटेर एकताबद्ध बनाएर लैजाने जिम्मेवारी आफूमा रहेको पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया