निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : माधव नेपाल

लोकपथ
7
Shares
z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn sf7df8f}F, @$ dªl;/ M g]kfnL sfFu|];sf] !$cf}F dxflwj]zg pb3f6g ;df/f]xnfO{ z’esfdgf ;Gb]z lbFb} g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn . t:jL/ M /Tg >]i7÷/f;;

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गरे ।

नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए ।

संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उहाँले नेकपा (एमाले)प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दावीसमेत गरे । नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति जनलहर बढ्दै गएको दावी गर्दै नेपाली जनताको विश्वास जित्न आफू लागेको उनको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उनले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेका उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?