१. विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाइ, देशको शासन प्रभावकारी र बिनापूर्वाग्राही सञ्चालनमा महत्वपूर्ण योगदान रहेको प्रतिक्रिया ।
२. गठबन्धन सरकारलाई नेकपा एमालेका अध्यक्ष ओलीले दिए निकम्माको संज्ञा, अहिलेको सरकार जनताले नभई देशी विदेशी प्रतिक्रियावादीहरुले बनाइदिएको दाबी ।
३. नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय सम्मेलनमा पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्ताबेज तयार, भोलि स्थायी कमिटी बैठक बोलाइयो ।
४. नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गरे प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने संकेत, संसदमा प्रधानन्यायाधीशको बहिर्गमनको सम्बन्धमा छिटै छलफल हुने प्रतिक्रिया ।
५. रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्यागको घोषणा, तत्काल कुनै पार्टीमा सहभागी नहुने ।
६. प्रदेश २ को नामाकरणमा फेरि दुई तिहाइ पु¥याउन मुस्किल, प्रदेशको नाम मधेश राख्न माओवादी, जसपा र लोसपाको प्रस्ताव ।
७. चाल्र्स शोभराजलाई थुनामा राखेको बारे सर्वाेच्च अदालतद्वारा कारण देखाऊ आदेश जारी, उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने शोभराजको माग ।
८. नेकपा एमालेद्वारा आज पनि बागमती प्रदेशसभाको बैठक अवरुद्ध, आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अठोट ।
९. राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि सुरु, राजनीतिक कार्यदिशा र संगठन विस्तारलाई प्राथमिकता ।
१०. बिहीबार नेपालमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६३ जना संक्रमणमुक्त, २ जनाको मृत्यु ।
११. दोहोरो अंकले बढ्यो सेयर बजार, नेप्से परिसूचक १२ दशमलव ५३ बढ्दा ४ अर्ब ४९ करोडको कारोबार ।
१२. बेलायतमा कोरोना संक्रमण भयावह बन्दै, एकैदिन १ लाख ६ हजारभन्दा बढीमा संक्रमण पुष्टि, क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध लगाउने तयारी ।
१३. जापानी प्रधानमन्त्री किशिदाद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान, मजदुरी बढाएर सम्पत्ति बाँडफाँट गर्नु भविष्यमा लगानी गर्नुसरह भएको टिप्पणी ।
१४. एसियन सिनियर महिला तथा पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला भलिबल टोलीको पुनरागमन जित, श्रीलंका ३–२ को सेटमा पराजित ।
१५. र, प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले हात पा¥यो लगातार तेस्रो जित, गण्डकी प्रदेश ११७ रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया