१२ माघ २०७८, बुधबार

दुई प्रतिशत ब्याजदरमा ऋण खै ?

२०७५,जेष्ठ,२१,सोमवार १४:४३

54
Shares

काठमाडौँ – भूकम्प प्रभावितले पाउने भनिएको धितो जमानी वा सामूहिक जमानी एवं सहुलियतपूर्ण ऋण पाउन कठिन भएकामा गाउँपालिका महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका छन् ।

पुनःनिर्माणका क्रममा स्थानीयस्तरमा देखिएका समस्याबारे राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गाउँपालिका महासंघका प्रतिनिधिबीच आज भएको छलफलमा पुनःनिर्माणका क्रममा स्थानीय तहमा देखिएका समस्या राख्दै महासंघका पदाधिकारीले ध्यानाकर्षण गराएका हुन् ।

सरकारले पुनःनिर्माणका लागि उपत्यकामा रु २५ लाख र उपत्यका बाहिर दुई प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । सामूहिक जमानीमा पीडितलाई दिने भनिएको रु तीन लाख ऋण पनि धेरैले पाउन सकेका छैनन् ।

महासंघका अध्यक्ष एवं सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जिल्लाका जोखिमयुक्त बस्तीमा रहेका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रियालाई तीव्रता दिन प्राधिकरणलाई आग्रह गरे ।

महासंघका महासचिव एवं सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले संघीयतापछि जिल्ला कार्यालय खारेज गर्ने निर्णय भएकामा जिल्ला सदरमुकाममा १९ वटा नयाँ भवन किन बनेको हो भनी जिज्ञासा राखे । टेण्डर भएर पनि काम शुरु नभएका भवनको निर्माण स्थगित गरी तिनलाई स्थानीय तहमा सार्ने प्रक्रिया मिलाउन उनले प्राधिकरणसँग अनुरोध गरे ।

महासंघकी केन्द्रीय सदस्य एवं सिन्धुलीको सुनकोशी गाउँपालिका उपाध्यक्ष दीपा बोहराले बैंकमा अनुदान रकम पुगे पनि लाभग्राहीलाई समयमै उपलब्ध गराउन ढिलाइ हुने गरेकाले छिटो दिने व्यवस्था मिलाउन माग गरिन् ।

सिन्धुलीकै फिक्कल गाउँपालिका उपाध्यक्ष एवं महासंघ प्रदेश नं ३ सदस्य पार्वती सुनुवारले विभिन्न स्थानमा विद्यालय बनाउने काम निर्माण व्यवसायीले समयमै नगरेकाले त्यसको अनुगमनलाई चुस्त बनाउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा स्थानीय तहका जनप्रतिनिधिको अगुवाइलाई प्राधिकरणले प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत माघ ११, २०७८ मा सम्पन्न भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि

काठमाडौं । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य

कर्णाली । कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनको कारबाहीबाट डेढ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४