लक्ष्मी बैंकको लाभांश साधारणसभाबाट पारित

लोकपथ
156
Shares

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा आज काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशतबोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७-७८का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

आ.व. २०७७-७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्याएको यस बैंकको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?