मोरङमा सबैभन्दा बढी कोरोना संक्रमित

RSS
572
Shares

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश–१ को मोरङ जिल्लामा १५ जनामा कोरोना संक्रमण भएको छ । सोमध्ये विराटनगर महानगरपालिकामा नौ जना छन् । सुनसरीमा दुई, झापा, भोजपुर र संखुवासभामा एक÷एक जना छन् ।

पीसीआरको आधारमा ४ सय ३७ को परीक्षण गर्दा २० र १ सय ५ जनाको एन्टिेजन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै नौ महिलासहित १८ कोरोना संक्रमणमुक्त भएका छन् भने अहिले पनि प्रदेशमा ९८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?