धादिङमा ट्रक र ट्याक्टर एकआपसमा ठोकिदाँ ट्रकमा आगलागी

काठमाडौं । धादिङको धार्के नजिक चार किलोमा ट्रक र ट्याक्टर एकआपसमा ठोकिएको छ । ट्रक र ट्याक्टर एकआपसमा ठोकिदा तीन जना घाइते भएका छन् भने ट्रकमा आगलागी भएको छ । 

काठमाडौंबाट चितवन तर्फै जाँदै गरेको बा१७ प १०९३ नम्बरको ट्याक्टर विपरीत दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रक एक आपसमा ठोक्किएको थियो ।

प्रहरी चौकी खानीखोलाका अनुसार ट्याक्टर ट्रकको डिजेल ट्यांकी ठोक्किएपछि आलगाली भएको हो । ट्रकमा लागेको आगो अहिले पनि नियन्त्रणमा आएको छैन । 

जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?