सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबारमा हिमालयन डिस्टिलरी अब्बल

लोकपथ
182
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.२५ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ बिन्दुमा पुगेको छ ।

आज कुल २२९ कम्पनीको ८३ लाख २३ हजार ९२३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कुल १३ उपसमूहमा १० वटा समूहको सेयर मूल्य बढेको छ भने ३ वटा समूहको सेयर घटेको छ । आज निर्जीवन बीमा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । यो समूहको सेयर मूल्य ३.५६ प्रतिशतले बढेको छ ।

आज शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यता, गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंकलगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?