माओवादी प्रदेश कमिटीमा नेम्वाङ विजयी

RSS
77
Shares

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो)१६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा सात मत बदर भएको थियो । तीन जना उपाध्यक्षमा देवान चाम्लिङ,, शिवकुमार डाँगी र मणिकुमार साम्पाङ विजयी भएका छन् । उनीहरुले क्रमशः १२०, ११३ र १११ मत प्राप्त गरेका छन् ।

यस्तै, सचिवमा गणेश उप्रेती १४८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी (सिपी कडरियाले ८३ मत प्राप्त गरे । तीन जना सहसचिव पदमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ मत प्राप्त गरी विजयी भएका छन् भने कोषाध्यक्षमा रेवतराज पुरी(गगन)ले ९३ मत प्राप्त गरी विजयी हासिल गरे । उनका निकटतम प्रतिस्पधि बन्दना झाँगडले ५७ मत प्राप्त गरेका थिए ।

नौ पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ । गत मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?