विप्लवप्रति कडा रुपमा प्रस्तुत भए ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । विभिन्न स्थानमा विप्लव समूहले  आगजनी र बम विस्फोट गराउँदै आएको बेला ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएका बताए । 

उनले अराजक  त्यस्ता गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिएका हुन् । 

सोमबार प्रदेश ३ को प्रदेश सभा बैठकलाई  सम्बोधन गर्दै उनले भने, ‘मुलुकमा हिंसा र पृथकतावाद जरुरी छैन । त्यस्ता गतिविधि भए शैह्य हुँदैन । म त्यो बाटोमा नलाग्न अपिल गर्न चाहन्छु ।’ 

उनले शान्तिपूर्ण भनिएपनि विप्लवको नामै नलिई सो पार्टीका गतिविधि पृथकतावादतर्फ उन्मुख भएको दाबी समेत गरे । 

ओलीले सरकार गरिवी, भ्रष्टचार, निरक्षरता र पछौटेपनकाविरुद्ध आक्रमक शैलीमा अघि बढ्ने भन्दै प्रधानमन्त्रीले यहि शैलीमा अघि बढ्न प्रदेश सरकारलाई निर्देशन दिए । 

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले भारतले समेत प्रतिस्पर्धा गर्न नसक्ने गरी सिमेन्टको उत्पादन गर्न सक्ने कच्चा पदार्थ नेपालसँग रहेको पनि स्मरण गराए । 

पशुपालनले मात्रै पनि मुलुकलाई समृद्ध बनाउने सकिने प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले नेपाल सम्भावना नै सम्भावना भएको मुलुकभएको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?