प्रदेश ४ को संसद बैठकमा प्रदेश राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेशन पेश हुँदै

पोखरा । प्रदेश४ को राजधानी तथा नामांकनसम्बन्धी प्रतिवेदन संसद बैठकमा पेश हुँदैछ । 

प्रदेश ४ को संसद बैठकमा सोमबार उक्त प्रतिवेदन पेश हुन लागेको हो  । प्रदेश राजधानी निर्विकल्प पोखरा बनेको छ । तर, नामका सम्बन्धमा भने अझै एक हुन सकेको छैन । 

प्रदेश ४ को नाममा सर्वसम्मत हुन नसकेपछि जिल्ला–जिल्लाबाट आएको सुझव र दलको धारणा अनुसार धेरै मत पाएको नामलाई क्रमशः नम्बर एक, दुई गरेर पेश हुँदैछ । साथै प्रदेश राजधानी तथा नामांकन समितिले पेश गर्ने सो प्रतिवेदनमा प्रदेशको नाम एक नम्बरमा गण्डकी रहेको एक नेताले बताए ।  

तर, प्रदेश ४ को राजधानीको नाम तमुवान–मगरात हुने पर्ने भन्दै गुरुङ र मगर समुदाय सडकमै उत्रिएका छन् । गुरुङ र मगर समुदायको बसोबार रहेको भन्दै तमुवान–मगरात संघर्ष समितिले आइतबार प्रदर्शन नै गरेका थिए भने सोमबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् । 

आइतबार समितिले उपसभामुख तथा संसदीय दलका नेतालाई ज्ञापनपत्र बुझाएका थिए ।

समितिले गुरुङ जातिको पहिचानलाई लत्याउँदै अर्कै नाम राख्न लागेको भन्दै आपत्ति जनाएका छन् भने प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि जातीय आधारमा नाम राख्न नहुने बताएका छन् । 

प्रदेशको नामांकनमा तमुहरुको आदिम थलो र इतिहासलाई लत्याए तमुवान–मगरात संघर्ष समितिले आन्दोलन गर्ने चेतावन दिइरहेका छन् ।

११ जिल्ला पुगेर सुझाव संकलन गरेको समितिलाई अधिकांश दलका सांसदले भने प्रदेशको नाम गण्डकी राख्न सुझाव दिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?