हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ३ को बैठकमा विशेष सम्बोधन गरेका छन् । उनले अब कोही नेपालीले भोकै बस्नु नपर्ने बताएका छन् ।
विशेष सम्बोधन गर्दै उनले कुनै नेपालीले पनि भोकै बस्न नपर्ने बताएका हुन् । सरकारका चुनौती भएपनि अब देशमा सरकार भएको र कोही नेपाली पनि भोकै बस्नु नपर्ने उनले दाबी गरे ।
साथै उनले निर्माण क्षेत्रमा देखिएका सिन्डिकेट पनि तोडिने बताए । ‘अब ठेकेदारको कार्टेलिङ चल्दैन,’ उनले भने, ‘हाम्रो एउटा मात्र उद्देश्य भनेको गरीबी, निरक्षर, पछौटेपन र भ्रष्ट्राचारलाई निर्मुल गर्ने हो ।’
ओलीले तराईमा जाडोले नेपाली मर्न नपरोस् भन्ने विषयलाई पनि गम्भीरताका साथ लिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया