नयाँ रेकर्ड बनाउदै जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

पूर्व च्याम्पियन सर्बियाली नोभाक जोकोभिच यो वर्षको तेस्रो ग्राण्डस्लाम फ्रेन्च ओपन टेनिस च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

आइतबारराती सम्पन्न प्रि—क्वार्टरफाइनल खेलमा पुर्व विश्व नम्बर एक सर्बियाली जोकोभिचले स्पेनी फर्नाण्डो भर्डास्कोलाई तिन—शुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । पछिल्लो समय चोटबाट संघर्षरत २० औं वरियाताका जोकोभिचले स्पेनी भर्डास्कोमाथि पहिलो सेट ६—३ ले आफ्नो कब्जामा पारे । दोस्रो सेटमा भर्डास्कोले कडा टक्कर दिएपनि जित हात पार्न असफल रहे । जोकोभिचले दोस्रो सेट ६—४ र अन्तिम सेट ६—२ ले जिते । ३१ वर्षिय जोकोभिचले फ्रेन्च ओपनको १२ औ पटक क्वाटरफाइनलमा प्रबेश गदै नया रेकर्ड राखेका छन् । १२ पटकका ग्राण्डस्लाम विजेता जोकोभिचले सेमिफाइनल प्रवेशका लागी इटालीका मार्को चिचिनाटो र बेल्जियमका डेभिड गोफिनसँगको विजेतासँगको प्रतिस्पर्धा गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?