४ माघ २०७८, मंगलवार

‘कोहलपुर एक्सप्रेस’ लिएर जापान पुगे केकी र प्रियंका

२०७५,जेष्ठ,२१,सोमवार ०६:५७

0
Shares

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को जापानमा विशेष शोका लागि जापानमा छन् । आइतबार बेलुकी जापानमा चलचित्रको विशेष शो गरिएको छ । 

ओम शान्ती ओम इन्टरटेन्मेन्ट र डेस्टिनी क्रियशनको संयुक्त आयोजनामा जापानको फुकुयोगा, नायोगा, ओसाका ,सिजोका लगायत बिभिन्न १२ शहरमा चलचित्रको बिशेष हो हुनेछ । ओमशान्ती ओमका इश्वर श्रेष्ठ र उनको टिमले यो चलचित्रको शो जिम्मा लिएको हो । 

चलचित्रको विशेष शोका लागि नेपालबाट अभिनेत्री प्रियंका कार्की र केकी अधिकारी पुगेका छन् । केही दिन पहिले पुगेका केकी र प्रियंकाको आयोजकले भब्य स्वागत समेत गरेका छन् ।

१४ बैशाखमा नेपाल प्रदर्शन भएको चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, बाल९कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । 
विशाल भण्डारीले निर्देशन गरेको चलचित्र अभिनेत्री केकीले नै निर्माण गरेकी हुन् ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार ०६:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले सामाजिक सञ्जालमा आफ्ना तस्बिर र भिडियोहरू प्रायः

काठमाडौं । अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट

काठमाडौं । भावसागर इन्टरटेन्मेन्टकको प्रस्तुतिमा ‘भकारी’ सार्वजनिक भएको छ । नेपाली आधुनिक र चलचित्रका गीतमा चर्चित गीतकार तथा संगीतकार लेखु

ताजा समाचार