४ माघ २०७८, मंगलवार

निश्चित ठाउँ किनेर बस्ने कार्यविधि खारेज गरिन्छ : कृषि मन्त्री खनाल

२०७५,जेष्ठ,२१,सोमवार ०६:५१

0
Shares

काठमाडौं । कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रमणी खनालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा एउटा व्यक्तिले १५ वर्षसम्म कालीमाटी फलफूत तथा तरकारी बजारमा निश्चित ठाउँ किनेर बस्न पाउने कार्यविधि रहेको पाइएको भन्दै त्यो खारेज गर्ने बताएका छन् । उनले अब नयाँ कार्यविधि बनाएर त्यहाँ बस्न चाहने कृषकलाई गोला प्रथाद्वारा ठाउँ उपलब्ध गराइने जानकारी दिए । 

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मन्त्री खनालले भने, ‘पहिलेदेखि बसिरहेकालाई हटाउने चाहना होइन । तर नयाँ कार्यविधि पालना गरेर मात्र बस्न दिइन्छ ।’

त्यस्तै उनले कालीमाटीमा बजार र स्टल कब्जा गर्ने, एउटा स्टलको स्पेस हेरी ८ देखि १० हजार मात्र समितिलाई बुझाउने र विचौलियाले २ लाखसम्म लिने गरेको पाइएको पनि बताउँदै अब कुनै पनि हालतमा त्यस्तो हुन नदिने बताए । 

उनले भने ‘अहिले बसिरहेका कृषकलाई मर्का नपरोस भन्नेमा सचेत छौं । यहाँका पसलका बारेमा धेरै गुनासा र निवेदन आएको छ । मन्त्रालयले सुक्ष्म अध्ययन गर्यो । उत्पादन गर्ने कृषक र उपभोत्ताबीच धेरै अन्तर भेटियो ।’,  

किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने गरेको, तीन चार वटा तह पार गर्नु परेको देखियो जनाउँदै उनले भने, ‘ढाँट्नलाई अनेक प्रयत्न गरेको पनि पाइयो । एउटा व्यक्तिले १५ वर्षसम्म बस्न पाउने कार्यविधि रहेछ । त्यो खारेज हुन्छ । नयाँ कार्यविधि बनाइन्छ ।’

 राज्यलाई कमजोर बनाउनेलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता जनाउँदै मन्त्री खनालले भने, ‘प्रचारप्रसारमा आउन र र तमासा देखाउन यो अनुगमन गरिएको होइन । काठमाडौंको आवश्यकता पुरा गर्ने गरी बजार निर्माण गरिन्छ । नत्र बजार अन्यत्रै सारिन्छ । ’

अनुमगनमा कृषि राज्यमन्त्री रामकुमारी चौधरी पनि सहभागि थिइन् ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार ०६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार