मुल्य बृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग

काठमाडौं । सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले मूल्य वृद्धि फिर्ता गरी महँगी नियन्त्रण गर्न माग गरेको छ । 

मोर्चाका अध्यक्ष सिपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै  सो माग गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, “समृद्ध नेपाल र सुखी नेपाली”को नारा उराल्दै आएको के. पी. शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको पाचौं पटक मूल्य वृद्धि गरेको छ । यसको असरले चौतर्फी रुपमा बढेको महँगी नेपाली जनताको लागि थेगी नसक्नु भएको छ । यो अवस्थाको अन्त्यका लागि पेट्रोलियम पदार्थको मूल्य पूर्ववत् अवस्थामा ल्याउनुको साथै उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारले तुरुन्त  कदम चालोस् भन्ने हामी जोडदार माग गर्दछौं ।’ 

 अन्यथा सडक संघर्षमा उत्रने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?