११ फाल्गुन २०८०, शुक्रवार

मंसिर १० गतेको निर्वाचन सर्न सक्छ : कानूनमन्त्री थापा

२०७४,आश्विन,२५,बुधबार ०७:३९

9
Shares

काठमाडौं–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् ।राधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन् ।मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् ।केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए ।मन्त्री थापाले आफूहरुले दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई स्वभाविक रुपमा लिएको समेत बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालालगायतलाई प्रक्राउ गर्न दबाब दिएका छन्

काठमाडाैं। स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सार्वजनिक सरकारी र गुठीको जग्गाबारे ४१ वटा प्रतिवेदन सरकारको दराजमा धुलो लागेर बसेको भन्दै

काठमाडौं । अघिल्लो अधिवेशनमा संसद बैठक प्रभावकारी हुन नसकेको भनेर आलोचनाकाबीच सुरु भएको संसदको हिउँदे अधिवेशन पनि जनताका मुद्दामा केन्द्रीत

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरुबीच वादविवाद चलेपछि बैठक

ताजा समाचार

एमालेले गर्यो संसद बैठक अवरुद्ध
 २०८०,फाल्गुन,११,शुक्रवार ११:४४
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
 २०८०,फाल्गुन,११,शुक्रवार ११:१८