सेयर लगानीकर्ताका ३ वटै संगठनद्वारा संयुक्त आन्दोलनको घोषणा (विज्ञप्ति सहित)

काठमाडौं । सेयर लगानीकर्ताका ३ वटै संगठनले संयुक्तरुपमा आन्दोलन अघि बढाएका छन् । 

उनीहरुले सोमबार संयुक्त प्रेस विज्ञप्ति समेत जारी गरेका छन् । 

नोक्सानमा पनि कर तिर्नुपर्ने प्रणाली खारेज नभएसम्म कुनै पनि प्रकारका सेयर खरिद बिक्री नगर्न समेत आम लगानीकर्ताहरुसँग उनीहरुले विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

घाटमा पनि कर तिर्ने प्रणाली करको सर्वमान्य सिद्धान्त विपरीत रहेको समेत उनीहरुले संयुक्त रुपमा ठहर गरेका छन् ।

सोमबार बिहान १० बजेदेखि नै लगानीकर्ताहरुले नेप्से प्राङणमा धर्ना दिन थालेका छन् ।

उता, सरकार भने अहिलेसम्म आफ्नो निर्णयमा अडिग देखिएको छ । 

बोनस र हकप्रदमा अंकित चुक्ता मूल्यलाई नै आधार मानेर पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएपछि लगानीकर्ता एकाएक आन्दोलित भएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?