नेइमारको उत्कृष्ठ प्रर्दशनसँँगै क्रोशिया पराजित

विश्वकप फुटबलको तयारीमा रहेको ब्राजिलले क्रोशियामाथि जित दर्ता गरेको छ । 

आइतबार राती एन्फिल्डमा भएको तयारी खेलमा ब्राजिलले क्रोसियालाई शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको पहिलो हाफसम्म दुवै टिमले उत्कृष्ठ खेल प्रर्दशन गरेपनि गोल गर्न भने असफल रहे । दोस्रो हाफको ६९ औ मिनेटमा ब्राजिलियन स्टार नेइमारले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफको अन्त्यमा फर्नान्डिहोको स्थानमा मैदान प्रवेश गरेका नेइमारले क्रोसियाका खेलाडीहरुको बीचबाट उत्कृष्ट गोल गरे । चोटका कारण पछिल्लो तीन महिना देखि कुनै खेलमा सहभागि नभएका नेइमारले मैदान फर्किए लगतै गोल गरेर आफ्नो खेल कैशलमा कुनै कमि नआएको देखाए । नेइमारले गोल गरेपछि निकै आक्रामक बनेको क्रोशियाले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् ।

खेलको अन्तिम समयमा रोबेर्टो फर्मिनोले गोल गदै टिमलाई दुई—शुन्यको जित दिलाउन सफल भए । विश्वकप फुटबलको समुहमा इ मा रहेको ब्राजिलले आगामी आइतबार स्विजरल्याण्ड विरुद्ध खेल खेल्दैछ । पाच पटकको  विश्वकप विजेता ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा उपाधी उचालेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?