‘माओले लिप्याओलाई गरेजस्तो अहिले नै उत्तराधिकारी घोषणा गर्दिने गल्ती म गर्दिनँ । लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही लिनप्याओले माओलाई गोली हानेर हिँड्यो। उत्तराधिकारी (घोषणा) भनेको त काल रहेछ। म किन भन्ने, भन्दिनँ ।’ गत असोजमा भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को २२औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए ।
४० को दशकको मध्यबाट नेतृत्वमा आएका प्रचण्ड ७० को दशकको मध्य नाघिसक्दा पनि निरन्तर पार्टी नेतृत्वमा छन् । यसबीचमा संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातान्तिक व्यवस्था, लोकतन्त्र हुँदै संघीय गणतन्त्र नेपालको राजनीतिक शासन ब्यवस्था जनताले भोगिसकेका छन् । सशस्त्र द्वन्द्धदेखि जनआन्दोलनसम्म मुलुकले बेहो¥यो । तर, नेकपा मशालदेखि माओवादी केन्द्रसम्म आइपुग्दा प्रचण्ड नै नेतृत्वमा कायम छन् ।
तत्कालीन मशालमा मोहन वैद्य ‘किरण’को उत्तराधिकारी बनेर नेतृत्वमा आएका प्रचण्ड माओवादी केन्द्रम्म आइपुग्दा निर्विकल्प बनेका छन् । सेक्टर काण्डपछि २०४५ सालको सम्मेलनमा उनी महामन्त्री चुनिए । त्यसको ३३ वर्षपछि पनि उनी पार्टी नेतृत्वमा छन् । प्रचण्डको राजनीतिक कार्यक्रमले निरन्तर नेतृत्वमा विकल्प नभएको उनी निकट नेताहरुको तर्क छ । वाईसीएलको सम्मेलनमा प्रचण्डले भनेका थिए, म जतिक्दो चाँडो नेतृत्व हस्तान्तरण गरेर राजनीतिबाट अलग हुन तयार छु । त्यसको लागि तपाईँहरु तयार हुनुप¥यो । छिटोभन्दा छिटो राजनीतिबाट बिदा भएर संस्मरण लेख्न चाहन्छु । तर, नेतृत्व हाँक्न तपाईं जस्ता युवा तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’

माओवादी नेता दीनानाथ शर्माले राष्ट्रिय सम्मेलनमा प्रचण्ड निर्विकल्प अध्यक्ष रहेको बताए । ‘पचण्डको विकल्प अहिले छैन । पार्टीले दिनै सकेको छैन र हामी पनि तयार भैसकेका छैनौं,’ शर्माले लोकपथसँग भने । अन्य पदाधिकारीमा पनि उनको रोजाइको व्यक्तिले ठाउँ पाउने निश्चित जस्तै छ । कतिपयले चुनावमा जानुपर्ने भन्दै आएपनि त्यो अवस्था अहिले माओवादीमा देखिँदैन ।
पुस ११ गतेबाट हुने राष्ट्रिय सम्मेलनमा प्रतिस्पर्धाबाट नभइ सहमतिकै आधारमा नेतृत्व छान्न प्रयत्न हुनुपर्नेमा नेताहरुको जोड छ । ‘सहमतिमा नै प्रयत्न गर्नुपर्छ । किनभने यतिबेला पार्टी निर्माणका लागि सहमतीय प्रणालीलाई विकास गरेर लिएर जानुपर्छ । अहिले अन्तविरोध र प्यानलहरु बनाउनु उपयुक्त होइन र प्यानल संगठन होइन,’ माओवादी नेता लिलामणि पौडेल भन्छन् ।
प्रचण्ड नेतृत्व आएपछि नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन, नेकपा (चौम) लगायत दलहरूबीच एकता हुँदा ११ जना महामन्त्री भए । तर, पार्टी प्रमुखमा भने अहिले पनि प्रचण्ड नै निर्विकल्प छन् । समान हैसियतका महामन्त्री लाखापाखा लागे । २०४८ सालमा चारवटा कम्युनिस्ट पार्टीहरु एकीकरण भएर नेकपा (एकताकेन्द्र मशाल) बनेको थियो । त्यसबेला नेकपा मशाल, हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसाल, निर्मल लामा नेतृत्व चौथो महाधिवेशन (चौम) र रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारा श्रमिक संगठनबीच एकीकरण भएको थयो । छैठौं महाधिवेशनबाट महामन्त्रीमा प्रचण्डलाई चयन गर्दे एकता केन्द्र मशालको महाधिवेशन सम्पन्न भयो । २०५१ सालमा राष्ट्रिय भेलामार्फत् जनयुद्धमा जानेगरी नेकपा माओवादी गठन गरियो । मशालका महामन्त्री प्रचण्ड अध्यक्ष बने ।
निर्मल लामा र रुपलाल विश्वकर्मा फरक मत राखदै बाहिर बसे । २०५२ फागुन १ गते विद्रोह सुरु गरेपछि माओवादीले महाधिवेशन नै गरेन । प्रतिबन्ध समेत लागेको पार्टी भएकाले वैधानिकता उसलाई आवश्यक रहेन । २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामार्फत् माओवादी शान्तिपूर्ण मुलधारको राजनीतिमा फर्कियो ।
शान्ति प्रक्रियामा आएलगत्तै मोहन वैद्यले नै प्रचण्डलाई पार्टीमा चुनौती दिएका थिए । पार्टीको विचार र कार्यदिशालाई लिएर २०६५ मा वैद्यले खरिपाटी भेला (विस्तारित बैठक)मा समानान्तर दस्तावेज पेस गरेका थिए । जसको नीति उसैको नेतृत्व भन्दै पार्टीमा बहस–छलफल हुन थालेपछि प्रचण्डसमेत अल्पमतमा परेका थिए । वैद्यतिरका नेता रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई साथ दिएपछि उनी नेतृत्वको कुर्सी सुरक्षित गर्न सफल रहे ।
०६४ को संविधानसभाबाट पहिलो शक्ति बनेसँगै माओवादीले स–साना वाम घटकबीच एकता अघि बढायो । २०६५ पुस २९ नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र मशालसँग एकीकरण गरर पार्टीको नाम एकीकृत माओवादी बनाइयो । २०६९ सालमा मोहन वैद्यले पार्टी फुटाएर आफ्नो नेतृत्वमा नेकपा–माओवादी गठन गरे । ०६९ मा माओवादीले हेटौंडामा सातौं महाधिवेशन ग¥यो । सो महाधिवेशनले प्रचण्डलार्य नै अध्यक्ष चुन्यो । २०७१ सालमा विराटनगरमा भएको राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै अध्यक्षको रुपमा निरन्तरता दियो । विराटनगरबाट चुनावी प्रक्रियामार्फत स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समिति बनाइयो ।
२०७२ मा संविधान जारी भएपछि माओवादीमो अर्थ नरहेको भन्दै डा बाबुराम भट्टराईले माओवादी परित्याग गरि नयाँ शक्ति खोले । अहिले बाबुराम जनता समाजवादीमा छन् । वैद्य र बाबुराम बाहिरिएपछि पार्टीमा प्रचण्डलाई प्रश्न गर्ने नेता पनि छैनन् । ०७३ जेठमा एमाओवादी सहित १० वटा कम्युनिष्ट पार्टीहरु एकीकरण गरे नेकपा माओवादी केन्द्र बनाइयो । सो समयमा प्रचण्ड नै अध्यक्षमा निरन्तर रहे । २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो । नेकपाको विधानमै केपी शर्मा ओली र प्रचण्ड रहनेगरी दुई अध्यक्षात्मक व्यवस्था गरियो । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललको नेकपालाई दिएर एमाले र माओवादी ब्युँत्यायो । सर्वोच्चको फैसला गरेसँगै प्रचण्ड फेरि ब्युँतिएको माओवादी केन्द्रको अध्यक्ष कायम छन् ।

माओवादी प्रचण्डको सुरक्षा दलको रुपमा रहेको विश्लेषक मुमाराम खनाल बताउँछन् । ‘केही समय अघि प्रचण्डले पार्टीभित्र उत्तराधिकारी घोषणा गर्ने गल्ति गर्दिन भन्नुभयो । उत्तराधिकारी उनले घोषणा गर्ने हो कहिले भन्दा आफू मर्नुभन्दा अगाडी गर्ने हो । त्यो समयसम्म पार्टी रहन्छ कि रहँदैन अर्को कुरा हो, उनले भने ।
नेतृत्व आवश्यकताले विकास हुने कुरा रहेको माओवादी नेताहरु बताउँछन् । ‘उहाँले सशक्त रुपमा विचारको क्षेत्रमा राजनीतिको क्षेत्रमा संगठनको क्षेत्रमा अग्रपंत्तिमा रहेर नेतृत्व गरिरहनु भएको छ । विकल्पको नाममा भएको नेतृत्वलाई सिध्याएर अरु नेतृत्वलाई जबरजस्ती स्थापित गर्ने कुरा उचित होइन,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङले लोकपथसँग भने । प्रचण्डको एकछत्र नेतृत्व देखेर ईष्र्या गर्नेहरुलाई केही भन्न नसकिने तामाङ बताउँछन् । प्रचण्डको बिना पार्टीमा तत्काल परिणाम नआउने निश्कर्षमा माओवादी छ ।
माओवादी केन्द्रका प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेख्दै गरेको जानकारी दिए । अध्यक्षको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेश हुनेछ । उनले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया