प्रधानमन्त्रीको चीन भ्रमणक्रममा रेल सम्झाैता हुने

काठमाडाैं  : प्रधानमन्त्री के.पी. शर्मा अोलीले गर्ने चीन भ्रमणक्रममा केरूङ-काठमाडाैं रेलमार्ग विकाससम्बन्धी सम्झाैता अघि बढ्ने देखिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार असार ५ गते प्रधानमन्त्री अोली चीन जाँदै छन् र पारवहनमा भारतीय एकाधिकार तोड्नेगरि रेल सम्झाैतामा हस्ताक्षर गर्न सक्छन् । 

यसअघि पहिलोपटक प्रधानमन्त्री बन्दा चीन गएका अोलीले २०७२ चैत १४ गते चीनसँग व्यापार तथा पारबहन लगायत विभिन्न १० सम्झाैता गरेका थिए । निकै अघिदेखि 'नरोकिर्इ सलल चल्ने चुच्चे थुतुनो भएको रेल' कुदाउन दिएको अाश्वासनलार्इ प्रधानमन्त्री अोलीले चीनको सहयोगमा पुरा गर्ने सम्भावना बढेको छ । तर, सरकार गठनदेखि नै राज्यसञ्चालनका गतिविधीलार्इ निकै गोप्य राखेका

अोलीले चीन भ्रमणका क्रममा कस्तो विकास साझेदारीको अपेक्षा राखेका छन् भन्ने चाहिँ निर्क्याैल भर्इसकेको छैन । चीन भ्रमणमा रसुवागढी-काठमाडाैं रेलमार्गको सम्भाव्यता अध्ययन र सँगसँगै डीपीअार अघि बढाउनेबारे सम्झाैता हुनसक्ने स्रोतले लोकपथलार्इ जानकारी दियो । यद्यपी : यो खण्डमा रेलमार्ग विकास गर्न चिनियाँ प्राविधिकको प्रतिनिधीमण्डल नेपाल अार्इ हाल अध्ययन गरिरहेको छ । चीनबाट काठमाडाैं छिर्ने रेलको प्रवेशमार्ग टोखा हुनसक्ने अांकलन पनि सो टोलीले गरिसकेको छ । 

चीनियाँ टोलीले नै हाल केरूङ-काठमाडाैं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययनबाट रेलमार्ग विकास सम्भव देखिएमा चिनियाँ राष्ट्रपति सि जिनफिङ नेपाल अाउँदा विस्तृत अध्ययन प्रतिवेदन (डीपीअार) र निर्माण सम्झाैता गर्ने नेपालको तयारी छ । अोली चीनबाट फर्केलगत्तै चिनियाँ राष्ट्रपति नेपाल अाउनसक्ने सम्भावना देखिएको अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?