१. बुधबार नेपालमा थप १ जनामा ओमिक्रोन संक्रमण पुष्टि, २ सय ७२ जना कोराना संक्रमणमुक्त हुँदा २ सय ३६ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु ।
२. प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीकै बीच प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत, अर्काे बैठक पुस १८ गते बस्ने ।
३. पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन, पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने प्रतिबद्धता ।
४. आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी, ७९ फागुनभित्रै प्रदेशसभा, प्रतिनिधिसभा, राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गर्नुपर्नेमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको जोड ।
५. नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी तीव्र, १५ सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा कुनै तामझाम नगर्ने निर्णय ।
६. न्यायपालिका भ्रष्टाचारमुक्त नरहेसम्म राज्यका अरु अंगले लोकतन्त्रको रक्षा गर्न नसक्ने बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ, आन्दोलन काठमाडौंमा मात्रै नभई देशभर सबै बार एकाइमा जारी रहेको प्रतिक्रिया ।
७. गृह मन्त्रालयद्वारा विषयगत क्षेत्रको सुधारका प्रयासका लागि छलफल सुरु, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता र विपद् व्यवस्थापनलगायतका विषयमा सुझाव ।
८. संसद् अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको टिप्पणी, महिनौँसम्म संसद् अवरुद्ध पारेर ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्क ।
९. नेपाल विद्युत् प्राधिकरणद्वारा ४ महिनामा १ सय ५० मेगावाटको विद्युत् लोड स्वीकृत, २ सय १० मेगावाटको जीआईएस सम्पन्न हुने चरणमा ।
१०. एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको टिप्पणी, अवरोधका बीच संसद् बैठक सुचारु गराउन नहुने अडान ।
११. उपत्यकामा आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु, बालबालिकाले आफू अध्ययन गर्ने वा नजिकको विद्यालयमा गई निर्धक्क भएर खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह ।
१२. बुधबार सेयर बजारमा हरियाली, नेप्से ९२ दशमलव १६ अंकले बढ्दा साढे ४ अर्बको कारोबार, व्यापार समूहका लगानीकर्ता मालामाल ।
१३. म्यानमारमा आएको पहिरोमा परी ७० जना बेपत्ता, एक जनाको मृत्यु, खोजी कार्य जारी ।
१४. प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेश ८९ रनले पराजित ।
१५. र, क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न ६ बोर्ड सदस्यको माग, खेलाडीमाथि नियोजित तरिकाले कारबाही भएको आरोप ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया