७ माघ २०७८, शुक्रवार

ओपोद्वारा ‘एआर–सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

२०७५,जेष्ठ,२१,सोमवार ०५:३२

0
Shares

काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एआर–सेल्फी कन्टेष्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । उपहार हस्तान्तरणका लागि ओपोको कमलपोखरी  स्थित ग्राहक सेवा केन्द्रमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले पुरस्कार हस्तान्तरण गरेका थिए । 

कम्पनीद्वारा मासिक रुपमा आयोजना गरिने सामाजिक सञ्जाल क्याम्पेनको सिरिज अन्तर्गत यो कन्टेष्टको आयोजना मेँ २१ देखि २८ सम्मका लागि आयोजना गरिएको हो । कम्पनीद्वारा भरखरै सार्वजनिक ओपो एफसेवेन सिरिजमा उपलब्ध गरिएको एआर स्टिकरको प्रचारका लागि क्याम्पेनको आयोजना गरिएको कम्पनीले बताएको छ । उपहार वितरणका लागि आयोजित कार्यक्रममा बोल्दै बबी ट्राओले भने, ‘कन्टेष्टमा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा उपभोक्ता प्रति कृतज्ञ छौँ । हामी सबै विजेतालाई बधाईका साथै आउँदा दिनहरुमा अझ रोचक र बृहत्त क्याम्पेन समेत नेपालमा सार्वजनिक गर्ने घोषणा गर्न चाहान्छौँ ।

निहारिक शर्मा, सुमित्रा लामा र युमिसा लामा क्याम्पेन विजेता घोषित भएका छन् । तिनलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । क्याम्पेन अन्तर्गत कम्पनीले सहभागीलाई एआर स्टिकर प्रयोग गरिएको तिनका आकर्षक सेल्फी पोष्ट ह्याशट्याग ओपोएफसेवेन सहित कमेन्ट सेक्सनमा पोष्ट गर्न अनुरोध गरेको थियो । भाग्यशाली विजेताको छनोट कम्पनीको आन्तरिक टिमले गरेको हो ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार ०५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ । गत साताको बिहीबार अन्तिम

काठमाडौं । डिश होमले आफ्ना डिलर दाइहरुलाई क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । बुधबार ३८ अंकले गिरावट आएको

ताजा समाचार