काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जारी मतगणना आज (बुधबार) सकिने भएको छ ।
दलित, जनजाती, खस आर्य र आदिवासीको मतगणना गरिसकेपछि १४ औँ महाधिवेशन अन्तर्गत जारी मतगणना सकिने पार्टी निर्वाचन समितिले जानकारी दिएको हो ।
नेपाली कांग्रेस १४औँ महाधिवेशनमा निर्वाचन समितिका आयुक्त गोपाल घिमिरेका अनुसार अब तीन वटा क्लस्टरको मतगणना बाँकी रहेको बताए । उनले करिव दुई हजारको संख्यामा मत गणना गर्न बाँकी रहेको र आज साँझ अबेरसम्म नतिजा आइसक्ने जानकारी दिए ।
निर्वाचन आयुक्त घिमिरेले भने, ‘तीन वटा क्लस्टरमा आदिवासी जनजाती, दलित र खस आर्य तीन वटै क्लस्टरको करिव दुई हजारको संख्यामा मत गणना बाँकी छ । त्यो मत हामी बेलुकासम्म गनेर सिध्याउँछौँ कि भन्ने आशा गरिरहेको छु । हामी लेटइभिनिङसम्म गणनाको काम सक्नेछौँ ।’
नेपाली कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रिय सदस्यको संख्या १३४ जनाको हुने व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया