फोरमलार्इ सरकारमा ल्याउनुका पछाडि ठूलो रणनीति : प्रचण्ड

पोखरा : नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संघीय समाजवादी फोरमलार्इ सरकारमा समावेश गराउनु ठूलो रणनीतिक कदम भएको दाबी गरेका छन् । 

नेपाल पत्रकार महासंघ, प्रदेश ४ मा अायोजित पत्रकार भेटघाटमा बोल्दै दाहालले २ नम्बर प्रदेशबाट हुने चलखेलबाट मुलुकलार्इ अस्थिर बनाउने काम भर्इरहेकाले त्यसलार्इ रोक्न फोरमलार्इ सरकारमा ल्यार्इएको दाबी गरेका हुन् । 

संघीय सरकारमा फोरमको सहभागीतासँगै अब दुर्इ नम्बर प्रदेशको राजनीति र सत्तामा पनि नयाँ समीकरण बन्ने प्रचण्डको भनार्इ छ । अरू प्रदेशबाट दुर्इ नम्बर प्रदेशलार्इ अलग्याउने र चलखेल गरेर प्रदेश र संघीय सरकारलार्इ कमजोर बनाउने खेल यसअघि भएको, तर फोरमको सरकारमा सहभागीतासँगै सो ढोका बन्द भएको दाहालले दाबी गरे ।

संघीय समाजवादी फोरम शुक्रबार के.पी. अोली नेतृत्वको संघीय सरकारमा सहभागी भएको छ । अध्यक्ष उपेन्द्र यादव मन्त्रीमण्डलका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री पदमा नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?