नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि, २७२ जना कोरोना संक्रमण मुक्त

लोकपथ
455
Shares

काठमाडौं । नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राका अनुसार ५८ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुरुष हाल स्वास्थ्य मन्त्रालयको निगरानीमा होम आइसोलेशनमा रहेका छन् ।

यसअघि ओमिक्रोन संक्रमण पुष्टि भएका दुईजना संक्रमित हाल ओमिक्रोन संक्रमण भइसकेका पनि उनले जानकारी दिइन् ।

पछिल्लो २४ घण्टामा २३६ जनामा कोराना संक्रमण पुष्टि भएको छ । यस्तै, छिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?