धनगढी । गत जेठ १३ गते कैलालीको धनगढी उपमहानगरपालिका–१ बीच सडकमा गोली हानेर ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुईजनालाई काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलालीगाउँका २८ वर्षीय रामप्रवेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबु क्षेत्रबाट सोमबार बिहान पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी परिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए ।
घटनाका मुख्य योजनाकार रहेका रानाले आईएमईका कर्मचारीमाथि गोली प्रहर गरेका थिए । रानाले ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सूचना प्राप्त भएपछि हामीले निगरानी बढाएको एसएसपी सिंहले बताए ।
उनी यसअघि पनि जबरजस्तीकरणी मुद्दामा सजाय भोगिसकेका व्यक्ति हुन् । ०६८ सालमा कञ्चनपुरमा उनी पक्राउ परेर ६ वर्ष कैद भुक्तान गरी ०७४ माघमा छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया