बेलायतमा ३० मुनिका ट्रेडयुनियनबाट टाढिदै

एजेन्सी :सन् २००१ यता ३० मुनिका कामदारहरू ट्रेड युनियनहरूबाट टाढिदै गएको पाइएको छ ।

ट्रेड युनियन कंग्रेसले उपलब्ध गराएको आँकडा अनुसार ३० मुनिका कामदारहरूको संख्या घटदै गएको छ ।

सन् २००१मा यो समूहको सहभागीता २०.१ प्रतिशतबाट सन् २०१७मा १५.७ प्रतिशतमा झरेको छ ।

नीजी क्षेत्रमा २१ देखि ३० वर्ष उमेर समूहका कामदारहरूको संख्या ८० प्रतिशत भन्दा बढी रहेको छ ।

यो १२.६ प्रतिशतबाट घटेर ९ प्रतिशत हुन पुगको छ ।

युवा र बुढाबीचको पारिश्रमिक अन्तर पनि विगत २० वर्षमा बढदै गएको छ ।

युवाहरू कामको असुरक्षा र वित्तीय अवस्थाबारे बढी चिन्तित हुने गरेका छन् ।

टे«ड युनियन कंग्रेसले मजदुर युनियनमा युवा सहभागीताको विषयमा चिन्ता व्यक्त गरेको छ ।

उच्च शिक्षा पाएका युवाहरूको आमदानी औसत रहेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?