तेह्रथुमको म्याङ्लुङ बजार सीसीटीभीको निगरानीमा

तेह्रथुम : सदरमुकाम म्याङ्लुङबजारमा क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) जडान गरिने भएको छ । सीसीटीभी जडान गर्न नगरपालिकाले विनियोजन गरेको ५ लाख रूपैयाँबाट अहिले जडानको काम भर्इरहेको छ। 

सदरमुकामको बजार क्षेत्रलार्इ सुरक्षित राख्न र डिजिटल सेक्युरिटी सिस्टम बनाउन सीसीटीभी जडान गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ । साउनसम्ममा विभिन्न स्थानमा १० वटा सीसीटीभी जडान गर्ने योजना छ । 

सदरमुकामको लोकतान्त्रिक चोक, म्याङलुङ बसपार्क, जिल्ला प्रशासन कार्यालय र सिंहबाहिनी मन्दिर परिसर वरपर सीसीटीभी जडान गरिनेछ । नगरपालिका क्षेत्रलार्इ स्मार्ट सीटी बनाउने योजनासाथ सीसीटीभी जडान हुन लागेको हो । 

बजार क्षेत्रको सीसीटीभीको कन्ट्रोल जिल्ला प्रहरी कार्यालयले गर्नेछ । अागामी बर्षदेखि सदरमुकामका अन्य क्षेत्रमा पनि सीसीटीभी जोड्ने र निशुल्क वार्इफार्इ वितरण गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?