मोदीको अर्थतन्त्र तीन टायर पंक्चर भएको कार

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्थतन्त्र तीन टायर पंक्चर भएको कार जस्तो भएको टिप्पणी गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि तथा अन्य विषयमा मोदी सरकारमाथि आक्रमण गर्दै भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमले यस्तो भनेका हुन् ।

नीजी लगानी, नीजी उपभोग, निर्यात र सरकारी खर्च  कुनै पनि अर्थतन्त्रको आर्थिक बृद्धिको इन्जिीनका लागि चार विषय हुन् । यो चार कुनैको कारको टायर जस्तो भएको बताउँदै चिदम्बरमले मोदीका यी मध्ये तीन पंक्चर भइसकेको भने ।

उनी भन्छन् “ एक दुई टायर पंक्चर भए कार विस्तार गुडन सक्छ । तर यहाँ त तीन टायर पंक्चर भएका छन् ।”

सार्वजनिक खर्चको अवस्थामा मात्रै अलिक राम्रो छ ।

लगानीको अवस्थालाई ध्यान दिँदा १० प्रमुख कम्पनीहरूको टाट पल्टिसकेको छ जसमा पाँच फलाम कम्पनी रहेको देखिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?