मंसिर १० गतेको निर्वाचन सर्न सक्छ : कानूनमन्त्री थापा

काठमाडौं–कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मंसिर १० गतेको निर्वाचन तलमाथि भएपनि मंसिर २१ गतेको निर्वाचन तलमाथि नहुने स्पष्ट पारेका छन् ।राधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले मंसिर १० गते हुने प्रदेशको निर्वाचन केही कारणले तलमाथि भएपनि मंसिर २१ गते हुने निर्वाचन कुनैपनि हालतमा नसर्ने बताएका हुन् ।मन्त्री थापाले मंसिर १० मा तोकिएको निर्वाचन सर्न सक्ने संकेत गरे । मन्त्री थापाले विकसित राजनीतिक अवस्थाका कारण मंसिर १० गते तोकिएको निर्वाचन मंसिर २१ गते सर्नसक्ने जनाएका हुन् ।केन्द्र र प्रदेश सभाको निर्वाचन एकैचोटि गर्ने गृहकार्य भैरहेको भन्दै मन्त्री थापाले प्रतिपक्षलाई सरकारका गतिविधिलाई साथ दिनको लागि समेत आग्रह गरे । उनले भने,‘प्रतिपक्षले सरकारलाई सहयोग गर्नुपर्छ, शंका गरेर हुँदैन। निर्वाचन हुँदैन कि, सरकारले निर्वाचनको मिति सार्छ कि ? भनेर शंका गरेको छ, विगतका निर्वाचनमा पनि एमाले शंका गरेको थियो, सरकारले त्यो शंकालाई व्यर्थ सावित गरिदिएको थियो।’५९ जना सदस्य रहने राष्ट्रिय सभाका सदस्यमध्ये ५६ जना निर्वाचित हुने र ३ जना प्रतिनिधि मनोनित हुने जानकारी दिँदै मन्त्री थापाले राष्ट्रपति र उप–राष्ट्रपतिको निर्वाचनको लागि कानुन बनिसकेको जानकारी दिए ।मन्त्री थापाले आफूहरुले दलहरुवीच भएको चुनावी तालमेलको निर्णयलाई स्वभाविक रुपमा लिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?