सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

लोकपथ
221
Shares

काठमाडौं । आज (बुधबार) पनि सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजारमा ३.८२ प्रतिशतको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।

लामो समयदेखि दिनहुँजसो ओरालो लागिरहेको सेयर बजारमा मंगलबारदेखि सकारात्मक माहोल छाएको छ ।

अर्थमन्त्रालय र अर्थमन्त्रीले सेयर बजार र लगानीकर्ताहरुलाई अहित हुने र निराश पार्ने काम नगर्ने प्रतिवद्धता जनाएसँगै सेयर बजार सकारात्मक बाटोमा लागेको हो ।

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० बिन्दुमा पुगेको छ । आज नेप्से ३.८२ प्रतिशतले बढेको हो ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पन १४.७४ अंकले बढेर ४७७.२६ बिन्दुमा पुगेको छ ।

आज कुल २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको कारोबार भएको छ ।

आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । आज व्यापार समूहको सेयर मूल्यमा उछाल आएको छ । यो समूहको सेयर मूल्य ८.२३ प्रतिशतले बढेको छ ।
त्यसैगरी, प्रशोधन र उत्पादन समूह, हाइड्रोपावर, विकास बैंक लगायत समूहको सेयर मूल्य सर्वाधिक बढेको छ ।

आज अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, शिवम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज हिमालयन डिष्टिलरी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । हिमालयन डिष्टिलरीको प्रतिकित्ता ७ हजारले ६८ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै अपर तामाकोसीको ६४९ मा १५ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?