बारेन बफेटसँग खाना खान ३३ लाख अमेरिकी डलरको प्रस्ताव

एजेन्सी : विश्वका शीर्ष धनी मध्येका एक र लगानी गुरूले चिनिएका वारेन बफेटसँग खाना खान (प्राइभेट लन्च) गर्न ३३ लाख अमेरिकी डलर बराबर खर्च गर्न एक अज्ञात व्यक्तिले सहमति जनाएका छन् ।

विगत १९ वर्ष यता यो तेस्रो ठूलो रकम हो । सनु २०१२ र २०१६मा  ३४ लाख अमेरिकी डलर तिरिएको थियो ।

यो रकम गरिब ,घरवार विहीन व्यक्तिको सहयोगका लागि खर्च गरिनेछ । ग्लाइड फाउन्डेसनले अनलाइन डाक लिलाम गरेको थियो ।

बर्कशायर हाथवेका अध्यक्ष समेत रहेका बफेटले एक विज्ञप्ति जारी गरी ग्लाइडले पीडितहरूको सहयोग गरेको जनाएका छन् ।

ग्लाइडले बफेटसँगको खाना खाने अवसरका लागि तिर्ने व्यक्तिहरू मध्येबाट एक जनालाई छनौट गर्ने गर्छ ।

८७ वर्षीय बफेटले यसरी वार्षिकरूपमा खाना खाएर दुखी पीडितका लागि रकम जम्मा गर्ने कार्य गर्छन् ।

यसरी यो रकम २ करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम संलकन भएको छ ।

बफेटकी पत्नी सुसन सन् २००४मा मर्न अघि ग्लाइड संस्थासँग उनको परिचय गराएकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?