माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

लोकपथ
182
Shares

काठमाडौं । माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । यही ११ पुसबाट सुरु हुने राष्ट्रिय सम्मेलनको बुधबार लोगो सार्वजनिक गरिएको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा ‘नयाँ क्रान्ति विचार क्रान्तिकारी पार्टी निर्माणका लागि’ लेखिएको छ भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित हँसिया हथौडा बोकेको र केही धार्मिक स्थलको चित्र देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?