४ माघ २०७८, मंगलवार

ताप्लेजुङ कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी

२०७५,जेष्ठ,२१,सोमवार ०३:३५

0
Shares

ताप्लेजुङ : क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी भएपछि जिल्ला कारागार ताप्लेजुङमा समस्या देखिएको छ । 

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ जना कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि शौचालय, खानेपानी, भान्छा प्रयोगमा समस्या देखिएको छ भने सुत्नलाई समेत समस्या हुने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताए । कारागारमा छ वटा मात्रै आवास कोठा रहेका छन् । साँघुरो ठाउँमा असहजरुपमा सुत्नुपर्ने बाध्यता रहेको कैदीबन्दीको भनाइ छ । 

यस्तै तीन वटा मात्र चर्पी रहेका छन् भने बाथरुम छैन । कैदीबन्दीको चाप बढेअनुसार खेल मैदान विस्तार नहुँदा खेलकुदमा पनि समस्या भएको छ भने पर्याप्त ठाउँ अभावले कैदीबन्दीलाई उद्योग चलाउनसमेत कठिन रहेको छ । 

यता छुट्टै उपचार कक्ष नहुँदा बिरामी परेका बेला बाहिरै बसेर स्वास्थ्य चेकजाँच गराउनु पर्नेसमेत बाध्यता रहेको छ । कैदीबन्दीको चाप बढ्दै गए पनि सेवा सुविधासहित क्षमता विस्तार नहुँदा लामो समयदेखि समस्या यथावत छ । कारागारको भवनसमेत जीर्ण बन्दै गएकाले कारागार सुरक्षामा चुनौती थपिएको बताइएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,२१,सोमवार ०३:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

ताजा समाचार