चन्द्रागिरी हिल्सका लगानीकर्ताको हात खाली !

लोकपथ
910
Shares

काठमाडौं । चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ । गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ।

साथै, सभामार्फत सर्वसाधारण समूहबाट एकजना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ १६ पुसमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, १५ पुससम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?