र्इटहरीमा बोक्सी अारोपमा महिलामाथि कुटपिट, तीन पक्राउ

इटहरी : कथित बोक्सीको अारोपमा जिल्लाको हरिनगरमा एक महिलामाथि निर्घात कुटपिट भएको छ । कुटपीटमा संलग्न ३ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । 

सदरमुकाम र्इनरूवाको नजिकै हरिनगरकी महिलाले छोरीलार्इ लागेको रोग निको पार्न पूजापाठ गर्दैगर्दा गढी निवासी सुवालाल मेहताको निर्देशनमा उनका छोराहरू रञ्जित, रमेशकुमार र अमरलाल मेहताले कुटपीट गरेका थिए । 

मन्दिरका पुजारीले छोरीलार्इ देवीदेवता लागेको हुनसक्ने बताउँदै मन्दिरमा पुजा गर्न सुझाव दिएका थिए । तर, पुजा गर्दागर्दै मेहता परिवारले ती महिलालार्इ बोक्सीको अारोप लगाउँदै कुटपीट गरेको थियो । स्थानीय युवाहरूलार्इ उक्साहटमा ल्यार्इ महिलामाथि कुटपीट र गाउँ निकालासम्मको दुस्प्रयास गरेको भन्दै प्रहरीले मेहतासहित उनको परिवार र स्थानीयलार्इ पक्रेको जनाएको छ । 

कुटपीटमा परेकी महिलालार्इ उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?