सभामुख सापकोटाको आग्रहलाई एमाले सांसदको बेवास्ता

लोकपथ
286
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अवरोध नगर्न गरेको आग्रहलाई एमाले सांसदहरूले बेवास्ता गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै आएका छन् । बुधबार पनि बैठक सुरु हुनासाथ एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् ।

सोही बेला सभामुख सापकोटाले संसदीय नियमावली स्मरण गराउँदै अदालतमा विचाराधीन विषयलाई नउचाल्न आग्रह गरेका छन् ।

संसद बैठक सुचारु हुने वातावरण बनाउन विशेष आग्रह गरे पनि एमाले सांसदले बेवास्ता गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?