काठमाडौं । भारतीय राजदूतावासले काठमाडौंस्थित भृकुटी मण्डप प्रदर्शनी हलमा पौष ६ देखि ८ गतेसम्म आयोजना हुने ‘इन्टरप्राइज इन्डिया प्रदर्शनी’ को उद्घाटन समारोहमा सहभागीता जनाएको छ । उक्त कार्यक्रम भारत सरकार वाणिज्य एवम् उद्योग मन्त्रालयको सहयोगमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको हो ।
उक्त कार्यक्रमको उद्घाटन भारतीय दूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले उद्घाटन गरेकी हुन् । उनले कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गर्दै आयोजकहरुलाई दुई देशबीचको व्यावसायिक सम्बन्धलाई मजबुत बनाउन नेपाली उद्यमीहरुसँग साझेदारी खोज्न पनि प्रेरित गरिन् ।

दुवैतर्फ उपलब्ध व्यापार अवसरहरूको बारेमा सचेतना जगाई ब्रान्ड इन्डियाको प्रवद्र्धन र द्विपक्षीय व्यापार एवम् लगानी अभिवृद्धि गर्ने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको हो । संयुक्त उद्यम, प्रविधि आदानप्रदान, मार्केटिङ प्रबन्धलाई सहजीकरण गर्नुका साथै दुई देशका जनताबीचको सम्पर्कलाई अझ मजबुत बनाउनु यस प्रदर्शनीको मूल उद्देश्य रहेको आयोजकको भनाइ छ ।

भारतका विभिन्न भागबाट आएका र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ५० भन्दा बढी भारतीय कम्पनीहरुले यस प्रदर्शनीमा आफ्ना उत्पादन तथा सेवाहरु प्रदर्शन गरिरहेका छन् । यस प्रदर्शनीमा नेपाली व्यवसायी तथा व्यापारीहरुको पनि उत्साहजनक सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया