प्राइम बैंकको लाभांश साधारणसभाबाट पारित

लोकपथ
130
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६% का दरले हुने २५७.३२ करोड रुपैयाँबराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।

आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद-१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । विष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?