प्रधानमन्त्रीको चीन भ्रमण ५ असारदेखि, एजेन्डाबारे ‘सर्ट लिस्टिङ’ हुँदै

 काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ५ असारदेखि चीनको पाँचदिने राजकीय भ्रमण गर्ने भएका छन् । गत २३–२५ चैतमा भारत भ्रमण गरेका ओलीको ३ फागुनमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो विदेश भ्रमण हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी तीव्र पारेको छ । ‘परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयबीच छलफल गर्ने, एजेन्डाहरू तय गर्ने तथा एजेन्डाको सर्ट लिस्टिङ गर्ने काम भइरहेको छ,’ स्रोतले भन्यो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको वैशाख पहिलो सातामा भएको बेइजिङ भ्रमणकै बेला प्रधानमन्त्रीको भ्रमणको विषय टुंगो लागेको थियो । मिति तय हुन सकेको थिएन । प्रधानमन्त्री ओलीले नै संसद्मा सम्बोधनका क्रममा केही दिनअघि एक महिनाभित्र चीन भ्रमण हुने बताइसकेका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?