पुराना लोकभाकाको चोरी बढ्यो

काठमाडौंँ–पुराना, लोकप्रियका साथै कतिपय स्वर्गीय गायक÷स्रष्टाको स्वरमा रेकर्ड भएका लोकभाकाका बोल, शब्द, लय र धुन चोरी गरेर गाउने क्रम बढेको छ । पुराना स्रष्टाका गीतलाई अनुमति नै नलिई तोडमोड गरेर आफ्नो नाम दिएर दाम कमाउने धन्दामा कतिपय युवा गायकरगायिका तथा सङ्गीतकार लागिरहेको आरोप समेत लागेको छ । अर्काको सिर्जना बिगारी थपघट गरी अनुमति विना आफ्नै जसरी प्रचारप्रसार गर्ने काम गर्न नपाइने व्यवस्था प्रतिलिपी अधिकार ऐन, २०५९ मा गरिएको छ ।
एउटा लोकभाकालाई दोहोरो रूपमा समेत चोरी गरिएको पाइएको छ । कुरो यतिमा मात्र सीमित छैन, आफूले एउटाको गीत चोरी गरेर गाएका गायकले पुरानै बोलको गीत अर्को गायकले गाउँदा आफ्नो भन्दै दावीसमेत परेको छ ।
महेन्द्र तिमल्सिनाको सङ्कलन रहेको गायक हरेराम कार्की र कल्याणकुमार कार्कीको स्वरमा ३० वर्षअघि रेडियो नेपालमा “कल्पना बल्ल बाँच्यौ ” बोलको गीत रेकर्ड भएको थियो । अहिलेसम्म यसको बोल दुईपटक चोरी भइसकेको छ ।
भर्खरै फास्ट फास्ट कल्पना ९कल्पना सानो सानो लसुनको पोटी० भन्ने बोलको गीत शंकर थापा स्माइलरसुमी चाम्लिङ राईको स्वरमा रेकर्ड भयो भने यसको गीतकारमा डिपी खनालको नाम राखियो ।
युट्युबमा यो गीतले केही दिनमै झण्डै १७ लाख दर्शक पायो । गायक रेशम थापाले उक्त गीत आफ्नो भएको दाबी गर्नुभयो । उहाँ मात्रै होइन यो गीत आफ्नो भएको भन्दै पुराना स्रष्टा हरेराम कार्की समेत सिन्धुपाल्चोकबाट उजुरी दिन नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालय हुँदै हनुमान ढोका पुग्नभएको छ, गोरखापत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?