काठमाडौँ– आइतवार बिहानै रत्नपार्कबाट जावलाखेलतर्पm एउटा माइक्रो हुइँकिँदै थियो । यो माइक्रोलाई थापाथलीमा हरियो गाउन लगाएका एक भलाद्मी व्यक्तिले रोकेर जाँच गर्न थाल्दा चालक छक्क परे । गोरखापत्रमा खबर छापिएको छ ।
यस्तैमा, अर्को ट्याक्सीलाई रोक्न अर्को व्यक्ति सडकमा देखिए । थापाथली चोक एकैछिनमा जाम भयो । ती दुई व्यक्तिसँगै अन्य सरकारी अधिकारीहरू पनि सडकमा देखिए । सवारी चालक चाहिँ आफ्ना सवारी साधन रोकेर टाउको बाहिर ल्याएर हेर्दै थिए । न दुर्घटना न कुनै ट्राफिक नियमको उलङ्घन, कारण बुभ्mन चालकहरूलाई हम्मे परिरहेको थियो ।
माइक्रोलाई रोक्ने गृहमन्त्री रामबहादुर थापा तथा ट्याक्सीलाई रोक्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत थिए । साथमा वातावरण मन्त्रालयका सचिव डा। विश्वनाथ ओली पनि थिए । गृहमन्त्री थापाले बा २ ख ९३५२ नम्बरको माइक्रोको सवारी प्रदूषण जाँच गरे । मापदण्डभन्दा बढी धूवाँ फालेको मापनयन्त्रले देखाएपछि नजिकै रहेका उपत्यका ट्राफिक महाशाखाका एसएसपी वसन्त पन्तले ट्राफिक जवानलाई चिट काट्न निर्देशन दिए ।
उता मन्त्री वस्नेतले जाँच गरेको बा १ ज ४१३१ नम्बरको ट्याक्सीलाई प्रदूषण मापनयन्त्र तीन पटक लगाउँदा पनि मापदण्ड भित्रै धुँवा फालेको भेटियो । गृहमन्त्रीले जाँच गरेको सवारी साधन असफल र वन तथा वातावरण मन्त्रीले जाँच गरेको सवारी साधन प्रदूषण जाँचमा सफल भयो ।
सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवस मनाउने क्रममा पहिलो चरणमा उपत्यकाभित्रका सवारी प्रदूषण नियन्त्रण गर्न मन्त्रीद्वय सडकमा आएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया