संगठित सुन तस्करीः भरिया थुनिन्छन्– साहु उम्किन्छन्

काठमाडौँ– काठमाडौंको गौशालानजिक पिंगलास्थानबाट २०७३ पुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्दा चलायो । त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको धरौटीमा छुटे ।

आजको कान्तिपुर दैनिक लेख्छसुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका आधारमा संलग्न देखिएकालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने ‘उदार’ देखियो ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले २०७३ चैत ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरूलाई १र१ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।

प्रहरी प्रतिवेदन, जिल्ला सरकारी वकिलको कार्यालयको प्रतिवेदन र जिल्ला अदालत, काठमाडौंको आदेश केलाउने हो भने यो प्रकरणमा अनौठो घटनाक्रम देखापर्छ । सुनकाण्डमा पक्राउ परेका र तिनीहरूले मौकाको बयानका क्रममा ‘पोलेका’ प्रतिवादीलाई कठोरतासाथ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतले एउटै गहनापसलका ४ आरोपितलाई भने १र१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।

जबकि सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेका आरोपितले नाम मुछेका अन्य आरोपित एवं संलग्न व्यक्तिहरूलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?