फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेसन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौँ स्थानमा उक्लिएको छ ।
सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २-० अन्तरले पराजित गरेकाे हाे ।
खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेटअघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।
फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए ।
जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौँ स्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंकसहित रेलिगेसन जोनको १९औँ स्थानमा छ ।
गएराति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहित बराबरी खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया